Live Streaming

​साउनमा शाकाहारी भोजन गरौं

काठमाडौं,३१ असार । नेपाल शाकाहारी संघले कम्तिमा साउन महिनाभरी शाकाहारी भोजन गरेर शाकाहारी साउन अभियान सफल बनाउन अनुरोध गरेको छ । संघका कार्यकारी अध्यक्ष कृष्ण गुरुङले जारी गरेको विज्ञप्तिमा करुणा, दया र मुक्तिका आराध्यदेव भगवान पशुपतिनाथको पुजा अर्चना हुने यो पवित्र महिनाभर शाकाहारी हुन आग्रह गर्दै आफुमा आएको परिवर्तनलाई नियाल्न समेत अनुरोध गरेको छ ।

भगवान शिव पशुहरुका समेत संरक्षक अर्थात पशुपतिनाथ भएकाले यो महिनाभर पशुहत्याबाट प्राप्त हुने मांश भोजन नगरेर त्यसबाट प्राप्त हुने आध्यात्मिक लाभ लिन संघले सबैमा अनुरोध गरेको हो ।