वाणिज्य बैंकमा नगद अभाव हुँंदा सेवाग्राही मर्कामा
जीवन सेजुवाल
मुगु,३१ असार । जिल्लामा एक मात्र बैंक भएपनि असार मसान्तको विकासे बजेटले गर्दा बाणिज्य बैंकमा प्रायप्त मात्र नगद नुहुदा सेवाग्राही हरु मर्कामा परेका छन । जिल्ला सदरमुकाम गमगढीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा असार मसान्त सकिन लाग्दा जिल्ला भर संचालनमा आएका विकास निमार्णका रकम भुक्तानी हँुंदा सर्वसाधरण र अन्य सेवाग्राहीले बैंकमा नगद अभाव हँुंदा उनीहरु मर्कामा परेका हुन् ।
अहिले राष्ट्रिय बाणिज्य बैंकमा २ लाख ४८ हजार मात्र मौज्जाद रहेको र च्यातिएका १ करोडभन्दा बढी भएपनि यो रकम कामै नलाग्ने अवस्थामा रहेका छन् । शाखा कार्यालय पवबन्धक गान्धि राज बिसीले बताएअनुसार विकासे कार्यलयबाट असार मसान्तको अन्तिममा रकम बिनियाजित गर्दा बैंकमा नगद अभाव भएको र असार २५ गते महिनाको अन्तसम्म नेपाल राष्ट्र बैंकले नोटकोष नचालाउने निर्देशन दिएकाले पनि रमक माग भएपनि रकम साउनको पहिलो हप्तामा मात्र जिल्लामा हेलिकप्टरमार्फत आउने भएकाले विकास निमार्णकै रकमले नगद अभाव भएको हो ।
जिल्लाभर विकास निमार्णमा बाणिज्य बैंकबाट चालुतर्फ १ अर्ब २७ करोड २८ लाख र पुजिगत तर्फ २८ करोड ६९ लाख ८ हजार सम्बन्धित बिकास निमार्णका उपभोक्ता समितिले भुक्तानी लगिसकेका छन् । यो वर्ष यार्सागुम्बुको व्यापार समेत राम्रो नभएकाले पनि बैंकमा नगदको अभाव भएको असारको दोस्रो हप्तासम्म यार्सा व्यापारीहरुले आफनो खातामा रकम जम्म गरी त्यही रकमले कारोबारो चल्ने गरेको हुन्थ्यो तर यो वर्ष अहिलेसम्म व्यापारीहरु नआएकाले पनि दैनिक कारोबारोमा सेवाग्राहीले समस्या भोक्नु परेको बाणिज्य बैंकले जनाएको छ ।
आफनो निजी खाताको रमक झिक्न एक दिन सेरी गाविस टाढाबाट आएका पृथिवीबहादुर मल्लले दुई दिनदेखि आफनो रकम नपाएको गुनासो गरे। कसैले ठूलो रकम जम्मा गर्न आए भुक्तानि दिने भनेर कर्मचारीले बताउने गरेको मल्ले रेडियो अन्नपूर्णलाई बताए।मल्ल जस्तै केही दिनयता आफनो भुक्तानी लिने सर्बसाधरण खाली चेक लिएर फर्कने गरेका छन् ।