वेपत्ता भएका सात वर्षीय बालक चौरमा भेटिए
श्रीराम केसी
काभ्रे,३१ असार । बसमा काम गर्दै आएका झापाको पाँंचगाछी ४ का ७ वर्षीय पवन पाठकको बनेपा ६ स्थित पुण्यमाता खोला नजिकको चौरमा मृत अवस्थामा फेला परेका छन् । बा ५ ख २७३ नं को डिलक्स बसमा सहयोगीका रुपमा काम गर्दै आएका पाठक बुधबार दिउँंसो शरीरमा चोटपटक लागेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक दिपक भारतीले जानकारी दिए ।
तीन दिन अधिदेखि बेपता भएका पाठक चोटपटक लागेको अवस्थामा मृत फेला परेकाले हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक भारतीले जानकारी दिए । पाठक हराएको भनेर ३ दिन अधि ईलाका प्रहरी कार्यलय बनेपामा उजुरी परेको थियो ।