Live Streaming

सरकार र बैदेशिक व्यावसायीबीचको वार्ता निश्कर्षबिहीन

काठमडौं,३१ असार । फ्री भिसा र फ्री टिकटका विषयमा सहमति हुन नसकेपछि सरकार र बैदेशिक रोजगार व्यवसायीबीच दुई चरणमा भएको वार्ता निश्कर्षबिहीन भएको छ । हिजो अबेरसम्म भएको वार्तामा समेत सहमति हुन नसकेपछि वार्ता अनिश्चितकालका लागि स्थगित भएको सहभागीहरुले बताएका छन् । फ्री भिसा र फ्री टिकटको निर्णय खारेज, कामदारको भिसा प्रोसेसिङको काम गर्ने भन्दै स्वीकृति दिइएको भीएलएनलाई बन्द गर्नु पर्ने र बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने विषयमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन ।

अन्य विषयमा भने सहमती भएको उनीहरुको दावी छ । श्रम मन्त्रालयमा हिजो बिहान भएको वार्तामा राज्यमन्त्री टेकबहादुर गुरुङ्ग सहभागी भएपनि साँझ भएको वार्तामा भने अनुपश्थित हुनुुहुन्थ्यो । यसैबीच रोजगार ब्यवसायीहरुले वार्ता र आन्दोलनलाई एक साथ अगाडि बढाउने जनाएका छन् । सरकारले मलेसिया, कतार, युएई, साउदी अरब, बहराईन, कुवेत र ओमानमा फ्री भिसा र फ्री टिकटको ब्यवस्था गरेपछि ब्यवसायीहरु औन्दोलित भएका हुन् ।