खेलमैदानको विषयमा कुटाकुट हुँंदा एकको मृत्यु, पाँंच घाइते
हरि शर्मा
चितवन, ३१ असार । खेल मैदानको माटो निकाल्ने विषयमा दुई पक्षबीच कुटाकुट हुँदा आज नवलपरासी देवगाँव– ४ का ४५ वर्षीय सूर्यमन यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक सोमबहादुर थापाका अनुसार अन्य पाँचजना घाइते भएका छन् ।
तीमध्ये दुईको अवस्थाम गम्भीर छ । घटनामा संलग्न १४ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको नायव उपरीक्षक थापाले बताउनुभयो । ५० हजारको लागतमा निर्माण भएको खेलकुद मैदानबाट माटो ननिकाल्न सूर्यमनले अर्को पक्षलाई आग्रह गरेपछि विवाद सुरु भएको थियो ।
दुई पक्षबीच ईंट्टा हानाहानमा सूर्यमनको मृत्यु भएको हो । गम्भीर घाइते ६० वर्षीया दु्रपती यादव र प्रल्हाद यादवको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्यको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।