Live Streaming

अधिकार कटौति गरेको भन्दै अख्तियार कानुनी व्यवसायीसँग छलफलमा

काठमाडौं,३१ असार । आफ्नो अधिकार कटौती गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानको मस्यौदामा राखिएको प्रावधानका विषयमा आज कानुन व्यवसायीसँग छलफल गर्दैछ ।

अधिकार कटौती गरिएको बारे हिजो लिखित सुझाव पेश गरेको आयोगले आज कानुन व्यववसायीसँग छलफल गर्न लागेको हो । मस्यौदामा अख्तियारको काम कर्तव्य र अधिकार बारे गरिएको व्यवस्थामा अन्तरिम संविधानले दिँदै आएको अधिकारसमेत कटौती भएको आयोगको दावी छ ।

मस्यौदामा कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ भन्ने उल्लेख छ । आफ्नो अधिकार गम्भीर ढंगले काटिन लागेको भन्दै अख्तियारले कम्तीमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिन संविधान सभालाई आग्रह गरेको हो ।