प्रधानमन्त्री कोइरालालाई कालो झण्डा
जनकपुरधाम,३० असार । संविधानको एकीकृत मस्यौदाको विरोधमा जनकपुरमा प्रधानमन्त्री सुशील कोइरालालाई कालोझन्डा देखाइएको छ । राम टावरको उद्घघाटन गर्न जनकपुर पुग्नु भएका प्रधानमन्त्री कोइरालालाई जानकी मन्दिर अगाडि कालो झन्डा देखाइएको हो ।
संविधानको मस्यौदामा विरोध गरिरहेको स्थानीय मधेसी युवा सम्मिलित मधेस अधिकार संरक्षण् समितिले उहालाई कालोझन्डा देखाएको हो । कालोभन्डा देखाएपछि त्यहाँको सुरक्षालाई कडा बनाइएको थियो । मधेसवादी दलका कार्यकर्ताहरुले पनि प्रदर्शनलाई साथ दिएका छन् । कालो झन्डा देखाएर प्रदर्शन सुरु गरेपछि केहीबेर कोइरालालाई गेष्टहाउसमा राखिएको थियो।