Live Streaming

​बजेटमाथिको सैद्धान्तिक छलफल सुरु

काठमाडौं,३० असार । व्यवस्थापिका संसदमा हिजो सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । सरकारले हिजो आर्थिक वर्ष २०७२÷०७३ का लागि झण्डै ८ खर्ब १९ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । अर्थमन्त्री रामशरण महतले संसदमा ८ खर्ब १९ अर्ब ६४ करोड ८८ लाख रुपैयाँको बजेट पेश गर्नुभएको हो । बजेटमाथीको छलफलको लागि साझँ ७ बजे सम्मका लागि समय छुट्याईएको छ ।

सत्तारुढ घटक एमाले सहित प्रमुख प्रतिपक्षी एकीकृत माओवादी लगायत दलले भने प्राथमिकता निर्धारण नगरी कँग्रेसले एकलौटी रुपमा बजेट ल्याएको भन्दै बिरोध गरेका छन् । पर्सिबाट चालु आर्थिक बर्ष सकिने भएकाले सरकारले भोली संसदमा पेस्की खर्च बिधेयक पेस गर्ने र सामान्य छलफल पछि भोली नै पारित गर्ने तयारी गरेपछि बजेटमाथिको सैद्धान्तिक छलफल आजै सकिने छ । भावी संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलनका लागि साउन एक गतेबाट सभासद्हरु सम्बन्धित क्षेत्र जाने भएकाले बिभिन्न मन्त्रालयगत शीर्षकमा विनियोजित बजेटमाथिको छलफल भने साउनको दोस्रो साताबाट मात्र सुरु हुने संसद सचिवालयले जनाएको छ ।