नेपाल र हङकङबिच प्रतिस्पर्धा हुँंदै

काठमाडौं,३० असार । टि २० विश्वकपको छनौट खेलअन्तर्गत आफ्नो चौथो खेलमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँंदैछ । आयरल्याण्डको वेलफास्ट क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ७ बजे सो प्रतिस्पर्धा सुरु हुनेछ । यसअघिका ३ खेलमा १ जित, १ हार र एक बराबरी खेल्दै ३ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको नेपालमाथि बिश्बकप क्रिकेटमा प्रबेशको संभाबना कायम राख्न आजको खेल जित्नै पर्ने दबाबमा रहेको छ । १ अंकका साथ अंकतालिकाको छैटौ स्थानमा रहेको हङकङ र नेपालबिच टि २० श्रृखलामा भएका ७ भेट मध्ये नेपाल, ४ खेलमा बिजयी भएको छ । ३ खेल भने हङकङले जितेको छ । प्रतियोगिता अन्र्तगत आजै अफगानिस्तान र ओमान, आयरल्याण्ड र पपुवा न्यु गिनी, जर्सि र अमेरिका तथा केन्या र युएई बिच पनि प्रतिस्पर्धा हुनेछ ।