दुईवटा सन्तानका लागि ४२ हजार दम्पतीको आवेदन

एजेन्सी,३० असार । दोश्रो बच्चा जन्माउने स्वीकृतिका लागि चीनमा ४२ हजारभन्दा बढी दम्पतीको आवेदन परेको छ । विद्यमान कानुनमा एकभन्दा बढी बच्चा जन्माउँंदा कारबाही भोग्नुपर्ने अवस्थालाई सहज बनाउन उनीहरुले यस्तो आग्रह सहित सरकारको स्वीकृति माग गरेका हुन् । जनसंख्या वृद्धिदरलाई न्युन पार्न चीन सरकारले लागू गरेको सो कानुनअनुसार दोश्रो बच्चा जन्माउँंदा सरकारी सेवाप्राप्त गर्नबाट बञ्चित हुनुपर्ने बाध्यता छ । तर दोश्रो बच्चा जन्माउनका लागि दिएका यी आवेदन सरकारले स्वीकृति दिए उनीहरु सो सेवा प्राप्त गर्न सफल रहनेछन् । ४२ हजार मध्ये करिब ३९ हजारको आवेदनलाई भने स्थानीय प्रशासनले स्वीकृति दिने तयारी गरेको चीनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।