युवा संघको विवाद चुलियो

काठमाडौं,२९ असार । एमाले भातृ संगठन युवा संघमा संस्थापन पक्ष र नेता माधव नेपाल पक्षबीचको विवाद फेरी चुलिएको छ । युवासंघको आज बसेको स्थायी समिती बैठकले उपाध्यक्ष दिलकुमारी पन्त र सचिव नरेश शाहीलाई निलम्वन गर्ने निर्णय गरेको हो । संघको विधान विपरित गतिविधी संचालन गरेको भन्दै अर्को निर्णय नहुने बेलासम्मका लागि संघका उपाध्यक्ष दिलकुमारी पन्त र सचि नरेश शाहीलाई निलम्वन गरिएको अध्यक्ष निरु पालले बताउनुभयो । उहाँले संगठनका विरद्धमा गएर समानान्तर गतिविधि नगर्न पटक पटक भनेपनि नमानेकाले निलम्वन गर्न बाध्य भएको जानकारी दिनुभयो । निलम्बनमा परेका उपाध्यक्ष पन्तले भने यस्तो निर्णय गुठगत मानसिकताको उपज भएको र छलफल गरेर प्रतिवाद गर्ने प्रतिकृया दिनुभयो ।