सप्तकोसीमा ढुङगा पल्टियो , १३ जनाको उद्धार २ जनाबेपत्ता

रत्नप्रसाद आचार्य
धरान,२९ असार । सुनसरीको प्रकाशपुर गाविसस्थित सप्तकोसी नदीमा डुङगा पल्टिदा २ जना वेपत्ता भएका छन् । १३ जनाको जिवितै उद्धार गरिएको छ ।मंगलबार मध्यान्ह सुनसरीको प्रकाशपुर गाविस ४ बाट सुनसरीकै कोसी टापु हिडेकायात्रु चढेको डुङगा सप्तकोसी नदीमा आएको बाढीका कारण अनियन्त्रितभई दुर्घटना भएको थियो ।
डुङगामा सवार १५ जना यात्रु कोसी नदीमा वेपत्ता भएपछि स्थानियवासिन्दाले तत्काल १३ जनाको उद्धार गरेका छन् । दुर्घटनामा प्रकासपुर ४ का २५ वर्षीय चन्द्रबंसी र २७ वर्षीय रिताचन्द्रबंसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्याम सिंह चौधरीले जानकारी दिएका छन् ।
दुर्घटनामा परेका प्रकासपुर ४ का १३ जनालाई स्थानिय माझीहरु उत्तम चन्द्रबसीं र रोशन राईसहितको आठ जनामाझीहरुरुले सकुशल उद्धार गरिएको प्रकास पुरका स्थानिय बासिन्दा जोनीलिम्बुले बताए । जिवितै उद्धार गरिएकाहरुमा प्रकासपुरका सन्तोष चन्द्रबंसी, सुरेश चन्द्रबंसी, सन्चु चन्द्रबंसीं, हिना चन्दबंसी, भुपेश चन्दबंसी, नइन चन्दबंसी, सरु चन्दबंसी , कृष्ण चन्दबंसी, गोविन्द खड्का, मिनियादेवी चन्द्रबंसी, इन्द्रजित चन्द्रबंसी, इन्द्रजित चन्द ्रबंसी, अनन्त चन्द्रबंसी जगदिश उराँवलाई जिवितै उद्धार गरिएको लिम्बूले बताए ।
दुर्घटना भएपश्चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी, शसस्त्र प्रहरी र नेपाली सेनाको तालीमप्राप्त उद्धार टोलीले बेपत्ताहरुको खोजि गरिरहेको सुनसरीका प्रमुख जिल्लाअधिकारी रविराज पन्थले बताए ।
उद्धार गरिएकाहरुको अबस्था सामान्य रहेको पनि स्थानियजोनीलिम्बुले बताए । सप्तकोसीको पूर्वी भङ्गालो पार गरी सप्तकोसीको विचमागमापुगेर सप्तकोसीबाट उद्धार गरिएकाहरुलाई कोसी पारीबाट सुनसरी तफै ल्याउनकालागिप्रहरी परिचालनगरिएको पनिप्रजिअपन्थले बताएका छन् ।