चारजना प्रहरी अपरहणमा

एजेन्सी,२९ असार । भारतको छत्तिसगढ राज्यमा माओवादी विद्रोहीले चारजना प्रहरीको अपहरण गरेका छन् । प्रहरीले बताएअनुसार सार्वजनिक बसमा यात्रारत ती प्रहरीहरुलाई उनीहरुले अपहरण गरेका हुन् । छत्तिसगढको बिजपुर जिल्लाको कुत्रु भन्ने स्थानमा सो घट्ना भएको हो । कुत्रु माआवादीको पकड क्षेत्र मानिन्छ, जुन छत्तिसगढको राजधानी राइपुरबाट ५सय२५ किलोमिटर दक्षिणमा रहेको छ । माओवादी विद्रोह भारतको आन्तरिक सुरक्षाका लागि ठुलो चुनौतिका रुपमा रहेको छ ।