Live Streaming

समस्यै समस्यामा बाँंच्न बाध्य भुकुम्प विस्थापित

मनिष दुवाडी

धादिङ,२९ असार । वर्षभरि खानका लागि अन्नपात उब्जने खेतबारी थियो । एउटा सानो घर र सुखी परिवार पनि । जसातसो बिहान बेलुका खानका लागि कुनै ठुलो संघर्ष गर्नुपर्ने थिएन, सेर्तुङ गाउँ विकास समितिका टोपमान तामाङलाई । तर गत बैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण उनी र उनको गाउँलाई यसरी तहसनहस बनाइदियो कि अब त्यो गाउँं बस्न लायक कै छैन। भुकम्प जानुअघिका ती दिन सम्झदै टोपमानले भन्नुभयो, ‘भुकम्प अगाडि अपुग के नै पो होला र जस्तो लाग्थ्यो तर अहिले केही नभएको जस्तो भइयो । गाउँको घरमा प्रशस्त भाँडाकुँडा थिए, अलिअलि अन्न पात पनि थियो, सबै पुरियो ।’ आँखाभरि आँसु बगाउँंदै टोपमानले भन्नुभयो, ‘सम्पतीको नाउँंमा यही एउटा त्रिपाललाई सबथोक मानेर बस्नुपर्दा मन साहै्र अमिलो भएर आउँछ ।’ टोपमानलाई मात्रै होइन भुकम्पका कारण विस्थापित भएर सदरमुकाम आसपास आएका उत्तरी धादिङका करिब १ हजार परिवारको विस्थापित दैनिकी निकै कष्टकर बन्न थालेको छ । 

‘असारको महिना दिनहुँ पानी परिरहन्छ । घाम लागेपनि गर्मीले त्रिपालमुनी बस्न सकिदैन पानी परेपनि चुहिएर भिजाउँंला भन्ने पीर ।’ आफ्ना विगतका दैनिक सम्झदै तेनसिङ घले बताउँंछनुहुन्छ ‘यस्तो पानी पर्दा त हामी गाउँमा घरभित्र बारीको मकै पोलेर टिमुर हालेको अचारसंँंग खाइरहेका हुन्थ्यौ तर यहाँ त पानी पर्नासाथ त्रिपाल जोगाउनकै समस्या छ । पानी  पर्न थालेपछि पालको ओत लाग्यो, भएका ओछ्यान हातमा लिएर जागाराम बस्नुको विकल्प छैन । सुत्ने भुइँ पानी परेपछि जलमग्न हुन्छ ।’
भुकम्प पछि विस्थापित भएर धादिङ बेसी नजिकै शिविरमा बसोबास गरिराखेका अधिकाँश विस्थापितहरुको उस्तै विलौना छ ।

भुकम्प पछि तिप्लिङ, झार्लाङ र सेर्तुङ गाविसका बासिन्दा गाउँमा बस्न नसक्ने अवस्था नभएपछि तीनदिनको पैदल बाटो पार गरेर सदरमुकाम धादिङबेसी नजिकै रहेको अल्छीडाँडा, धन्सारवेशी र दामगाडेका खाली जग्गामा आएर विस्थापितहरु बसिरहेका छन् । सरकार र विभिन्न संघ सस्थाहरुले जसोतसो त्रिपाल र खाद्यान्नहरु त दिइरहेकै छन् तर ओढ्ने आच्छ्याउने नहुँदा पत्कर र पराल ओ४छ्याएर सुत्न बाध्य छन् विस्थापितहरु । जस्ले गर्दा बालबालिका र वृद्धवृदाहरुमा शारीरिक र स्वास्थ्य सम्बन्धी समस्याहरु देखा पर्न थालेका छन् ।

एउटा ठूलो चौरमा करिब ३०० परिवार लहरै त्रिपाल र टेन्ट लगाएर बसिरहेका छन् । शिविर निकै खँदिलो हुँदा बसाइ असहज बनेको छ । बर्षातको पानी चौरभरी देखिन्छ । पानी जमेको छ जसले भुइँमा ओच्छ्यान लाउन पनि निकै कठिन देखिन्छ । पानी जमेर बस्नाले लामखुट्टेको उत्तिकै समस्या भएको शिविरमा बस्नेहरु बताउँछन् । बालबालिका र वृद्धवृद्धाको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको छ । तिप्लिङबाट विस्थापित भएर आएर अहिले अल्छीडाँडाको शिविर व्यवस्थापनमा सक्रिय भइरहेका सुर्यमान तामाङले भने, ‘भुकम्पमा हामीले आफन्त, परिवार पनि गुमाउनु प¥यो, घर सम्पत्ति पुरिएका र जन्मस्थल छोड्न बाध्य हुनुप¥यो तर अझ झनै दुःखका दिनहरु सुरु भइरहेका छन ।’ निराश हँुंदै उनले भने, ‘सबै गुमाएर बाँच्नका लागि आउँदा पनि सुख पाइएन । पानीले उत्तिकै दुख दिइरहेको छ ।

बाँचेका परिवारलाई दुई छाक कसरी जुटाउने भन्ने चिन्तामा नै दिन बित्छ । स्थायी घरको बारे सोच्ने कहिले होला ?’ विस्थापित शिविरहरुमा सबैभन्दा बढी पानी कै समस्या देखिएको छ । विस्थापित भएर बसेका शिविरहरुमा विशेषगरी महिला तथा बालबालिकाहरु बढी प्रभावित भएका छन । मध्ये असारको यो गर्मीमा त्रिपालमुनी बस्नुपर्दा बालबालिका र वृद्धवृदाहरु बिरामी पर्न थालेका छन् भने गर्भवती र सुत्केरीलाइ पौष्टिक खानेकुरा कै समस्या देखिएको छ । अस्थायी शिविरमा पर्याप्त पानीको सुविधा नहुँंदा सरसफाइमा वाधा पुगेको छ नै महिलाहरुमा महिनावारी हँुंदा पनि समस्या पर्ने गरेको छ । विस्थापित सविना तामाङले भनिन, ‘महिनावारी हुने बेलामा साह्रै गाह्रो हुन्छ । खानको लागि मात्र ट्रकमा पानी बोकेर ल्याइएको हुन्छ । पानी पर्याप्त नहुँदा पूर्ण सरसफाइ पनि गर्न सकिदैन  

धादिङका उत्तरी क्षेत्रका ४७ गाउँहरु बस्नका लागि खतरा रहेको प्राविधिक टोलीले बताएपछि जिल्ला दैविक प्रकोप उद्धार समितिले पनि ती गाउँहरुलाई खतराको सूचिमा राखेको छ । त्यहाँको गाउँ विस्थापनका लागि गृह मन्त्रालयमा सिफारिस पनि गरिएको छ । त्यस क्षेत्रका बासिन्दा गाउँ छाडेर अन्यत्र नै बसोबास गर्दै आइरहेका छन् । धादिङ सदरमुकाम वरपर नै झण्डै १ हजार घर परिवार पाल टाँगेर बसेका छन् । उनीहरु कोही सार्वजनिक जग्गामा बसेका छन् भने व्यक्तिको खाली जग्गामा बसेका छन् । उनीहरुलाई समयमा नै उपयुक्त विकल्प दिएर राख्न नसके महामारी र थप समस्या आउन सक्ने रि गाविसका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस धादिङका सचिव भक्तबहादुर लामाले बताउनुभयो ।