Live Streaming

अलैचीका फुल कुहिन थाले

छेटु शेर्पा सङ्खुवासभा 
संखुवासभा,२९ असार । संखुवासभाको मुख्य नगदेवालीको रुपमा मानिएको जडिबुटी अलैचीको फूल निरन्तरको वर्षादले कुहिन थालेका छन्।  फुल कुहिन थालेपछि अलैची  उत्पादनमा ह्रास आउने पक्का भएको छ ।  यहाँको जलजला,सिद्धकाली,सिद्धपोखरी,स्याबुन,सभापोखरी,मकालु,दिदिङ,मत्स्यपोखरी लगायतको गाबिसमा मुख्य उत्पादन रहेको अलैची यस वर्ष फूल फुल्ने समयमा बढी पानी परेका कारण फूल कुहिँएकाले उत्पादनमा ह्रास आउने भएको किसान बताउँंछन् । असार र साउन महिनादेखि फूल फुल्न सरु भएपनि  पर्याप्त मात्रामा पानी परेपछि फूल कहिने र कम दाना लाग्ने गरेको जलजला–२ तेर्सैका कृषक पेमाछिरी शेर्पाले बताउनुभयो । उहाँका अनुसार बढी पानी परेर एक थुङगामा एक गोटी मात्र अलैची फल्ने गरेकाले गत वर्षको भन्दा पनि दोव्वरले अलैची उत्पादन कम हुने बताउनुभयो ।

अलैचीको फूल खेल्नका लागि यो वर्ष पानी बढी परेको र गत वर्ष खरेडीले सुकेपछि अलैची खेती ७५ प्रतिशतले मासिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विश्वको भारत,भुटान र नेपालमा मात्र पाइने जडिबुटीको रुपमा चिनिने अलैची सुक्ने रोगका कारण नेपालको पुर्वी भागमा मात्र केही मात्रामा बाँकी रहेको अलैची व्यवसायी संघका केन्द्रीय सदस्य सुमन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको सिक्कीमदेखि सुक्ने क्रममा नेपालको पुर्वी जिल्लाहरुमा मात्र केही मात्रामा अलैची खेती बाँकी रहेको बताउनुभयो । अलैची साउन महिनामा फूल फूलीसके पछि असोज र कात्तिक महिनामा संकलनका लागि योग्य हुन्छ ।