सिन्का उद्योगबाट मनग्य आम्दानी

छेटु शेर्पा
संखुवासभा,२९ असार । गाउँमा प्रयोगबिहीन बनेको मालीबाँसलाई प्रयोग गरी सिन्का बनाएर संखुवासभाको खाँदबारी–१३ तुम्लिङटारका तेजबहादुर ढकालले लाखौ आम्दानी लिंदै आएका छन् । ग्रामीण उद्यम केन्द्रनै स्थापना गरी आठ वर्षदेखि खाँदबारी–१३ तुम्लिङटारमा नेपालकै पहिलो सिन्का उद्योग स्थापना गरेर उदाहारणीय आम्दानी लिएका छन् । गाउँमा घाँसका लागि प्रयोग हुने बाँस, प्रयोग बिहिन बनेको मालीबाँसलाई एक सय रुपैयाँ घाना खरिद गरी बाँसबाट टुथपीक(सिन्का) बनाउदै आएका छन् । सात जना कामदारलाई पुर्णकालिक राजगार दिएर उहाँले बार्षिक १० लाख बढी आम्दानी लिने गरेको उद्योगका प्रोप्राइटर तेजबहादुर ढकालले बताउनुभयो । दाजु योजराज ढकालसँग मिलेर सप्तरीको राजबिराजको औद्योगिक क्षेत्रमा टुथपिक उद्योग खोलेका उनले पछिल्लो सयममा तुम्लिङटारमा २०६५ देखि उद्योग स्थापना गरी काम सुरु गरेका थिए ।
गाउँलेहरु हेर्न आउने र बाँसलाई प्रयोग गरेर आम्दानी लिने गरेको देखे पछि छक्क पर्दै फर्कने गरेका छन् । बासको आँखा निकाल्ने, छोटो फेद काम नलाग्ने भएकाले फाल्ने र मेसिनबाट बाँसको चोया(बोक्रा) निकाल्ने अनी कप्टेरा बनाएर सिन्का बनाउने उद्योगका प्राविधिक कुवेर प्रसाद कोइराला बताउनुभयो । यो नेपालकै पहिलो टुथपिक उद्योग हो । बजारमा टुथपिकको माग बढी छ माग धान्न समस्या परेको छ प्रोप्राइटर ढकालले भने, । काठमाडौ र तराइका जिल्लाहरुमा बढी माग हुने छ । एक पोका दुई सय गोटा हुन्छ यो २० रुपैयाँमा बिक्री हुन्छ । १० पोका को एक बण्डल र ३० वण्डलको एक बोरा बनाएर एक बोरालाई पाँच हजारका दरले बिक्री गर्ने गरेको छ । स्थानीय महिलाहरु घरमा फुर्सदको सयममा बनाउका लागि १० रुपैयाँ पोकाका दरले घरमा लागी आम्दानी गर्ने गर्छन । उनी बार्षिक दुई हजार बोरा सम्म बनाउने गर्छन । हालसम्मको उनको सरदर आम्दानी १० लाख सम्म गर्ने गरेका छन् ।
हाइड्रोजन पाराअक्साइड केमिकलमा बाँसलाई उमालेर कडा बनाउने गर्नाले बलियो हुनाले भारतबाट भित्रने प्लाष्टिकको र चीनबाट भित्रने कुकाठको टुथपिकभन्दा प्रभावकारी भएकाले बजार माग बढेको उद्योग सञ्चालक बताउछन् । माग धान्न समस्या छ, सामाग्री बिग्रीयो भने ताइवान बाट खरिद गर्नु पर्ने बाध्यता छ । बाँस तथा निगालामा २०६८ सालमा घरेलु तथा साना उद्योग विकास समितिले पुरस्कृत भए । सबै युवा विदेशीने गर्नाले यो उद्योगले युवाहरुलाई थप प्रोत्साहन मिलेको तुम्लिङटारका नागरिक अगुवा लोकेन्द्र तामाङले बताउनुभयो । राज्यले गरि खाने र गर्नेलाई थप उत्साहित गर्नमा सहयोग गर्नुपर्ने ढकालले माग गर्नुभयो ।