ढिस्कोबाट लडेर तामाङको मृत्यु

नुवाकोट, २९ असार । बाख्रा चराउन जांँंदा ढिस्कोबाट लडेर नुवाकोटको उत्तरी भेगमा रहेको लच्याङमा एक वृद्धको मृत्यु भएको छ । सदरमुकाम विदुरदेखि ३८ किलोमिटर उत्तरमा रहेको लच्याङ गाविस वडा नं. १ रिपका ६५ वर्षीय काले तामाङको बाख्रा चराउन जाँंंदा घर नजिकैको ढिस्कोबाट लडेर मंगलबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ढिस्कोबाट लडेको वृद्ध २० मिटर तल खसेर बजारिएको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय चोकदेबाट प्रहरी टोली घटनास्थलमा पठाइएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।