Live Streaming

​श्रीमानद्वारा श्रीमतीको हत्या

त्रिशूली, नुवाकोट, २९ असार । पारिवारिक झगडाका कारण रसुवाको दक्षिणी भेगमा रहेको लहरेपौवामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । रसुवाको सदरमुकाम धुन्चेदेखि ३७ किलोमिटर दक्षिणमा रहेको लहरेपौवा गाविस वडा नं. ९ का ४० वर्षीय सुव्वा विकले आफ्नी श्रीमती ३८ वर्र्षीया कुमारी विकको घरायसी झगडाको कारण कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीले सुव्वालाई पक्राउ गरेको छ । मृतक कुमारीको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टमका लागी लगिएको छ भो घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।