भुकुम्पबाट प्रभावित विद्याथी विद्यालय जान छाडे

श्रीराम केसी
काभ्रे,२९ असार । जिल्लाको विकट डाँडापारी क्षेत्रका १० गाविसका अधिकांश बालबालिकाहरु विद्यालय भर्ना गरेपनि विद्यालय जान छोडेका छन् । भुकम्पका कारण आर्थिक समस्यामा परेका अधिकांश बालबालिका विद्यालय जानै छाडेर घरायसी काममा व्यस्त हुन थालेसँंगै अधिकांश विद्यालयमा विद्यार्थी उपस्थिती संख्या न्युन हुन थालेको हो ।सूचना, यातायात र विकासको पहुँचबाट टाढा रहेको काभ्रेको डाँडापारी भेगका अधिकांश बालबालिकाहरु फुर्सदको समय मात्र विद्यालय जाने गरेको छन् । डाडागाउँं गाविसमा भृकुटी निमाविका शिक्षक पाल्साङ्ग लोप्चनले बताए । बालबालिकाहरु भुकम्पले भत्किएको भग्नाअवशेष घरका सामान पन्छाउने, खेतबारीका काममा व्यस्त रहनुपर्ने, भारी बोक्ने र घरायसी काम गर्नुपर्ने बाध्यताले उनीहरु विद्यालय जान नसकेका हुन् । उनले थपे अझ २ सय ५० जना भर्ना भएका थिए १ सय ५० मात्र आउँंछन्।
विकटमा रहेका अधिकांश विद्यालयहरु पहिरोको उच्च जोखीम भएकाले विद्यार्थीहरु डरले विद्यालयनै आउन छोडेका बताए । भर्ना भएका विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित नहुनु प्रमुख कारण गरिवी हो भने सरकारले विकट क्षेत्रका विद्यालयहरुमा आवश्यक दरबन्दी नदिनु, भर्ना भएका विद्यार्थीलाई नियमीत विद्यालय आउने वातावरण बनाउन नसक्नाले विकटका सामुदायीक विद्यालयहरुमा समस्या आएको शिक्षक लोप्चनले बताए । विद्यालयमा भर्ना भएका अधिंकास विद्यार्थीहरु घरायसी काममा व्यस्थ रहने यि बालबालिकाहरु नियमित विद्यालय जाँदैनन् । डाँडापारी स्थित फलामेटार, साल्मेचाकल, सालधारा, डाँडागाउँ, मिल्चे,गोकुले, घर्तिछाप, बनखु, फोक्सिङटार,बुडाखानी गाविसका बालबालिका विद्यालयमा भर्ना त हुन्छन् तर नियमित विद्यालय जाने गरेका छैनन् ।‘स्कुल कहिलेकाही जान्छु, बाकी रहेको समय आमा बुवाको काममा सघाउछु ।’ कक्षा सात मा बढ्दै गरेका गोकुले गाविसका सन्देश लामा भन्छन् भुकम्पले घर भत्कीएसंँगै पढ्नका लागी कापी कलम छैन् घरको आर्थिक अवस्था कमजोर भएकाले विद्यालय नियमीत आउन नसकेको हो ।’ त्यसैले घरको काम सवै आफै सकेर मात्र विद्यालय जानुपर्ने बाध्यताले विद्यालय जान नपाउने दुखसो पोखे सडक संञ्जाल समेत नपुगेको यी गाविसहरुको शैक्षिक अवस्था नाजुक छ । काभ्रेको विकट क्षेत्र डाँडापारी अझैपनि शिक्षा, स्वास्थ्य र सडकको पहुँचबाट बन्चित रहेको क्षेत्र हो ।
गरिबीले ग्रसित यी गाविसका बालबालिकाहरु घरयासी काममा सघाउ गर्न लाग्दा विद्यालय जानबाट बञ्चित भइरहेका छन् । सन् २०१५ सम्ममा काभ्रे जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य राखेपनि जिल्ला शिक्षा कार्यालयले राखेपनि घोषणा हुन केही समय मात्र बाँकि रहँदा विकट क्षेत्रमा भर्ना भएका वालवालिका विद्यालयमै पढ्न नआउने समस्याले सरकारले त्यस क्षेत्रमा कुनै प्रभावकारी कार्यक्रम लान सकेको छैन् । ‘विद्यालयहरु भुकम्पका कारण क्षेतविच्छे भएकाले भर्ना भएका विद्यार्थी संख्या घटेको हुनसक्छ ।’ जिल्ला शिक्षा कार्यलयका साहायक जिल्ला शिक्षा अधिकारी ठुलोबालु दाहाल भन्छन् ‘वर्षा लागेसंगै पलाष्टीकको टहरामा बसेर बढ्नुपर्ने बाध्यता र घरयसी समस्याले भर्ना भएका विद्यार्थी विद्यालय आउन छोडेने गरेको उनले बताए ।
शिक्षा सम्वन्धी काम गर्ने सरकारी गैरसारकारी संघसंस्था, नजर नपर्नु र स्थानीयहरुको गरिवका कारण विद्यालय भर्ना भएका विद्यार्थी समेत विद्यालय आउन छाडेको फलामेटार गाविसका विकास तामाङले बताए । ‘भुकम्प पछि डाँडापारी क्षेत्रका अधिंकाश विद्यार्थीहरु विद्यालय आउनुभन्दा पनि घरको कामममा नै व्यस्थ हुने गरेका छन् ।’ यसका लागि सरकारी गैर सरकारी क्षेत्रको आखा नपुग्नाले डाडापारी क्षेत्रका बालबालीका विद्यालयलाई भन्दा पनि घरको कामलाई पहिलो प्राथमीकता दिने गरेको बताउँंछन् ।