Live Streaming

​पछिल्लो १६ महिनामा १५ हजार जनाको मृत्यु

एजेन्सी,२९ असार । द्धन्दग्रस्त मुलुक इराकमा पछिल्लो १६ महिनामा १५ हजार जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र संघ र राष्ट्रसंघीय मानव अधिकारवादी संस्थाले सावर्जनिक गरेको प्रतिवेदनमा सो अवधिमा ३० हजारभन्दा बढी घाइते भएको उल्लेख गरिएको छ ।  द्धन्दका क्रममा मानव अधिकार उल्लङघनका घटना अत्याधिक भएको समेत बताइएको छ । सो अवधिमा ईस्लामिक स्टेट आइएसले मानव अधिकारको ठाडो उल्लङघन गर्दै सर्वसाधारणहरु माथि पनि आक्रमण गरि हत्या गरेको उनीहरुले आरोप लगाएका छन् ।