आज आदि कवि भानुभक्तको जन्मजयन्ती

काठमाडौं,२९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्ती आज, उहाँको सम्झनामा नेपाललगायत विभिन्न मुलुृकमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाली शिक्षा परिषद्ले अहिले केहीबेरमा भानुभक्त आचार्यको शालिक रहेको राजधानीको रानी पोखरीमा विशेष कार्यक्रम गर्दैछ । त्यस्तै प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रधानमन्त्री सुशील कोईरालाको उपस्थितीमा एक कार्यक्रम आयोजना गरिएको छ । यस्तै मुलुकका विभिन्न स्थान तथा दार्जिलिङ्ग, डुवर्सलगायत नेपालीभाषी रहेका अधिकांश भारतीय क्षेत्रमा समेत भानुभक्तको सम्झनामा कार्यक्रमहरु हँुंदैछन् । नेपालका आदिकवि भानुभक्तको जन्म १८७१ असार २९ गते तनहुँको रम्घामा भएको हो । संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा अनुवाद गरी चर्चाको शिखरमा पुगेका भानुभक्तका प्रश्नोउत्तर, भक्तमाला, वधूशिक्षालगायत कृतिहरु चर्चित छन् ।