Live Streaming

​असारमा पनि रोपाइ हुन सकेन


क्रन्ति शाहा
वीरगंज,,२८ असार । पर्सा जिल्लामा असार महिनाको अन्तिम सम्ममा  २५ प्रतिशत मात्र रोपाइ भएको छ । गत वर्ष असारको अन्तिम सम्ममा पर्सा जिल्लामा करिब ५० प्रतिशत  रोपाइ सकिएको थियो भने यसवर्ष प्रर्याप्त वर्षा हुन नसक्दा रोपाइ कम भएको हो । पर्सा जिल्ला कृषि विकास कार्यालय अनुसार गत वर्षको तुलनामा यस वर्ष एक चौथाइ भन्दा पनि कम क्षेत्रफलमा मात्र धानको रोपाइ भएको जनाएको छ ।

धानको खेती हुने कुल ४६ हजार ७ सय १० हेक्टर जग्गा मध्ये अहिलेसम्म करिब १२ हजार हेक्टर जग्गामा मात्रै धानको रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख कमलराज गैरेले जानकारी दिनुभयो । गण्डक नहरदेखि दक्षिणभेगमा रहेका अलौ, विन्दवासीनी , पोखरीया, गोविन्दपुर , बसन्तपुर , मिर्जापुरलगायतका गविसहरुमा अत्यन्त न्युन मात्रामा रोपाई भएको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक सहायक सुरेश चौरसीयाले जानकारी दिनुभयो