प्रस्ताव पारित गर्न युरोजोनका अर्थमन्त्रीहरु असमर्थ
एजेन्सी,२८ असार । कर्जासंकट समाधानका लागि ग्रिसले पेश गरेको प्रस्ताव पारित गर्न युरोजोनका अर्थमन्त्रीहरु असमर्थ भएका छन् । हिजोबाट सुरु भएको युरोजोनका अर्थमन्त्रीहरुको बैठकमा सो प्रस्तावमाथि गम्भीर छलफल चलिरहे पनि ठोस निर्णय भने हुन नसकेको बताइएको छ । यद्यपी ग्रिसलाई युरोजोनमै राख्ने विषयमा भने उनीहरु सहमत नजिक पुगेका छन् । आज पनि ठोस निर्णयका लागि बार्ता जारी राखिने बताइएको छ । यता ग्रिसले भने बैठकले कुनै निर्णय लिन नसक्नु दुर्भाग्य भन्दै बैठकमा आफुले राखेको प्रस्तावमाथि नकरात्मक नतिजा आएको बताएको छ ।