बगदादमा कार विष्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु
एजेन्सी,२८ असार । इराकको राजधानी बगदादमा भएको २ कार विष्फोटमा परि कम्तीमा २८ जनाको मृत्यु भएको छ । विष्फोटमा परि अन्य ८० जना घाइते भएका छन् । उत्तरी बगदादको शाव इलाकामा भएको सो विष्फोटको जिम्मा हालसम्म कुनै समुहले नलिएको इराकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सो विष्फोटमा परि मारिनेहरुमा केही सरकारी अधिकारीहरु पनि रहेको बताइएको छ । एउटा आत्माघाती कार बम विष्फोट भएलगत्तै त्यहाँं अर्को विष्फोट भएको थियो । यता अफगानिस्तानको दक्षिणी प्रान्तमा अमेरिकी सैनिक बेस क्याम्प नजिक भएको आत्माघाती कार बम विष्फोटमा परि कम्तीमा २५ जनाको मृत्यु भएको छ । अलकायदा विद्रोहीले गराएको सो आक्रमणमा मारिने सबै सर्बसाधारण रहेको अफगान सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।