पाँच किलो यार्सा नियन्त्रणमा
छेटु शेर्पा संखुवासभा
संखुवासभा, २८ असार । अवैधानिक रुपमा चीन लाँंदै गरिएको पाँच किलोग्राम यार्सागुन्बु प्रशासनले नियन्त्रणमा लिएको छ । काठमाडौबाट हेलिकप्टर ढुवानी गरी किमाथाङका पु¥याइएको पाँच किलोग्राम यार्सागुन्बु बिना कागजात चीन लान खोजे पछि प्रशासनले हिजो नियन्त्रण लिएको हो । काठमाडौबाट सङ्खुवासभासम्म ल्याउन अनुमती लिएको तर चीन लानका लागि अनुमती नलिएकाले तत्काल कानुनी प्रकृया पु¥याउनका लागि यार्सा नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो । तत्काल सुरक्षाका लागि सिमा प्रहरी चौकी किमाथाङकामा राखिएको छ कानुनी प्रकृया पु¥याए लान सक्ने उहाँले बताउनुभयो । खुल्ला सिमाका कारण बहुमुल्य जडिबुटी वैधानिक र अवैधानिक तरिकाले किमाथाङका नाका हँदै चीन भित्रने गरेको पाइन्छ ।