आज मुख्य चार दलका शीर्ष नेताहरु झापा जाँदै
काठमाडौं,२८ असार । आज मुख्य चार दलका शीर्ष नेताहरु झापा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार जिल्ला विकास समिति झापा मातहतमा बन्न लागेको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला स्मृति सभागृह शिलन्यासका लागि विहान साँढे १० बजे झापा जान लाग्नु भएको हो । नेपाल सरकारको कुल १२ करोड ७२ लाख ९३ हजारको लागतमा तिनतले सभागृह निर्माण हुन लागेको हो ।