Live Streaming

मस्यौदाका कमजोरी सुधार्ने उपाय

चन्द्रदेव जोशी

काठमाडौं,२७ असार ।  संविधानसभामा प्रभावकारी स्थान संख्या ओगोटेका पार्टीहरूको महत्वकांक्षा, संकीर्ण चिन्तन तथा गलत उठबस सहबास तथा सार्वभौम सत्तासम्पन्न संविधानसभामाथि न्यायपालिकाबाट हुने गरेको अनधिकृत हस्तक्षेप संघीय गणतान्त्रिक व्यवस्था, धर्म निरपेक्षता जस्ता विषयलाई नरुचाइरहेका संविधान नै बन्न नदिन दाउपेच खेलिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरूले गर्दा सात वर्षसम्म लम्बिएको संविधान निर्माणको प्रसव पीडाबाट देशले मुक्ति पाउने एउटा संविधान जन्मिने आशा पलाएको , तर कहिलेकहीं प्रसवको बेला शिशुले भोग्नुपरेको कष्ट आधाले गर्दा अपांग बालक जन्मिने पनि गर्दछन्  

वर्तमान मस्यौदा हेर्ने हो भने हाम्रो संविधान पनि त्यस खतराबाट पूर्णरूपमा सुरक्षित भनी निर्धक्कसाथ भन्न सकिने अवस्था देखिँदैन तर आशावादी बनौँ विश्वास गरौँ पार्टीहरूले आम जनताको विश्वास जित्ने गरी संविधान बनाउन लचकता इमानदारी देखाउने छन् देशले एउटा निरोगी पूर्णांग संविधान प्राप्त गर्नेछौँ तर यसका लागि संविधान निर्माणका लागि गठबन्धनको रूपमा संलग्न चार पार्टीको नेतृत्वले पार्टीगत तथा निजी संकीर्ण अडान स्वार्थ त्यागी राष्ट्रको व्यापकतम् हितबाट निर्देशित भएर निकास खोज्नु आवश्यक

अनेकौँ सहमतिअसहमति, वाधाव्यवधानपछि तथा संविधानसभामा विरोध प्रतिरोध बेहोर्दै संविधानको मस्यौदाले पहिलो खुड्किलो पार गरेको यो खुसीको कुरा हो तर यसमा देखिएका अनेकौं कमीकमजोरी, अस्पष्टता तथा सहमतिको नाममा टालटुल पारेर राखिएका प्रावधानहरूले आगामी चरणमा पनि यसले व्यवधान तथा प्रतिरोध बेहोर्नुपर्ने ठाउँ दिएको तिनमा टेकेर यस प्रक्रियालाई अवरुद्ध गर्न गरिन षड्यन्त्रका नयाँ रूप अगाडि आउन सक्ने आधार छन्  

संविधान लेखनका लागी हाम्रो अगाडि दुइटा मूल मुद्दाहरू थिएगणतन्त्र संघीयता यी दुइटै लक्ष पूरा गर्न सजिलो काम थिएन रक्तरञ्जित जनक्रान्तिबिना राजतन्त्रको समाप्ति गणतन्त्रको स्थापनाका घटना विश्व इतिहासमा बिरलै पाइन्छन् हाम्रो हकमा यो जनआन्दोलनको दबा व्यापक जनसमर्थनको आधारमा संविधानसभाको माध्यमबाट सजिलै प्राप्त गर्न सकियो, यद्यपि सात सालदेखि उठाइएको गणतन्त्रको मुद्दालाई मूर्तरूप दिन नौ दशक लामो बलिदानपूर्ण संघर्ष तथा सशस्त्र द्वन्द्वको दौरान हजारौँ मानिसले बलिदान दिए  

तर यसको अन्तिम चरण शान्तिपूर्ण संयुक्त जनआन्दोलनको चरण रह्यो रक्तपातविहीन रूपमा गणतन्त्र प्राप्त

-->