सर्बियाका प्रधानमन्त्रीमाथि ढुंगा प्रहार
एजेन्सी,२७ असार । बोस्नियाको एक स्मारकमा भाषण गरिरहेका बेला सर्बियाका प्रधानमन्त्रीमाथि आक्रमण भएको छ । बोस्नियास्थित स्रेब्रेनिका सहरमा रहेको स्मारकमा २० वर्ष पहिले सबै सैनिक आक्रमणमा मारिएकाहरुको स्मरणमा गरिएको कार्यक्रममा प्रधानमन्त्री अलेक्जेन्डर भूचिचमाथि ढुंगा प्रहार भएको हो ।
भाषण गर्दै गर्दा भुचिचले २० वर्ष पहिले भएको एक सैनिक आक्रमणलाई भीषण अपराध भन्नु पर्ने बताएपछि उपस्थित भीड आक्रोशित भएको थियो । आक्रोशित भीडेले प्रधानमन्त्रीलाई ढुंगाले हान्नुका साथै पानीको बोतल फ्याकेका थिए भने अपशब्द प्रयोग गरेका थिए । २० वर्ष अघि सैनिकहरुको आक्रमणमा मुसलमान समुदायका झण्डै ८ हजार जना मारिएका थिए ।