ग्रिसले पेस गरेको प्रस्तावले थप शंका उब्जायो : युरोजोन
एजेन्सी,२७ असार । ग्रिसले पेश गरेको आर्थिक सुधारको प्रस्तावले थप शंका उब्जाएको युरोजोनका अर्थमन्त्रीहरुले बताएका छन् । बेल्जियमको ब्रसेल्समा हिजो भएको युरोजोन आबद्ध अर्थमन्त्रीहरुको बैठकले ग्रिसको प्रस्ताब सकारात्मक भएपनि शंकायुक्त भएको बताएका हुन् ।
युरोजोनका प्रमुख यरुन डिसलब्लुमले प्रस्ताबले केहि आशंका उब्जाएपनि ग्रिसको तत्कालीन संकट समाधानका लागि भने युरोजोनले आज पुन बैठक बसी केही निर्णय गर्न सक्ने बताएका छन् । उनीहरुले ग्रिसको प्रस्तावमा उल्लेख गरिएको खर्च कटौतीको प्रस्तावले थप शंका उब्जाएको बताएका हुन् ।