विषालु च्याउ खाँदा चार बालिका सिकिस्त
प्रेमनारायण आचार्य
अर्घाखाँची २७ असार । विषालु च्याउ खाँंदा अर्घाखाँचीको धनचौर गाविसमा चार जना बालिका सिकीस्त बिरामी परेका छन् । जंगलबाट ल्याएको विषालु च्याउ खाँंदा धनचौर गाविस वाड न. १ निवासी ८ वर्र्षीय अस्मीता जिसी, ६ वर्षीय युवा जिसी, ८ वर्षीय गीता जिसी र ५ वर्षीय सुस्मीता जिसी सिकीस्त बिरामी परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचलिे बताएको छ । सिकीस्त बिरामी परेका चारैजना बालिकाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसके पछि थप उपचारका लागि बुटबल अंचल अस्पतालमा रातीनै रिफर गरिएको प्रहरीलाई जनाएको छ ।