Live Streaming

विषालु च्याउ खाँंदा २१ जना बिरामी

शिवराज भट्ट

धनगढी, २७ असार । कैलालीको सहजपुर गाविस ४ फल्टुडेका एकै गाउँका २१ जना विषालु च्याउ खाँदा बिरामी परेका छन । बिरामी हुने अधिकांश बालबालिका र महिला छन् । गाउँभरी च्याउ बाँडेर खाएपछि बिरामी परेका २१ जनालाई ईलाका प्रहरी कार्यालय फल्टुडेले उद्धार गरी सेती अञ्चल पुर््याएको छ । सहजपुर गाविस कै चिउरीघारी सामुदायिक बनमा गोठाला गएका बेला, रुपकली दर्लामी र लालमति थापाले झण्डै चार किलो जंगली च्याउँ संकलन गरी हिजो साँझ गाउँमा बाढेका थिए । 


विषालु च्याउको असर देखिने वित्तिकै सबैजना आधा घण्टा हिडेर इलाका प्रहरी कार्यालय पुगेपछि प्रहरीले सबैलाई आज बिहान तीन बजेतिर सेती अञ्चल अस्पताल पु¥याएको हो । च्याउ खाने सबै जनाको अवस्था खतरामुक्त रहेको सेती अञ्चल अस्पताललाई उद्धृत गर्दै सहकर्मी शिवराज भट्टले जनाएका छन् ।