भागदौड मच्चिदा २२ जनाको मृत्यु
एजेन्सी,२५ असार । बंगलादेशको एक उद्योगमा भागदौड मच्चिदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सयौं मानिस भेला भएको सो स्थानमा भवन भत्किएको हल्ला चलेपछि सो भागदौड मच्चीएको थियो । उत्तरी बंगलादेशको म्यामेङसिंह सहरमा भएको सो घटनामा मारिने अधिकांश महिला र बालबालिकाहरु रहेको बीबीसीले जनाएको छ ।
स्थानिय प्रहरीले त्यहाँ मृत्यु हुनेहरुको संख्या अझ बढ्ने बताएका छन् । सो कम्पनीमा कार्यरत १५ सयभन्दा बढी कामदारलाई रमदानको अवसरमा निशुल्क कपडा वितरणका लागि कार्यक्रम आयोजना भएको बेला सो भागदौड मच्चीएको थियो । प्रहरीले कम्पनीका प्रमुखसहित ६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।