Live Streaming

यमनमा आजबाट युद्धविराम

एजेन्सी,२५ असार । संयुक्त राष्ट्रसंघको आग्रहलाई स्वीकार गर्दै यमनमा आजबाट युद्धविराम लागू गरिएको छ । मुस्लिमहरुको महान पर्व रमदानको अबसर पारी मानवीय आधारमा युद्धविरामका लागि यसले गरेको आग्रह हुथी विद्रोही र सरकारले स्वीकार गरेका हुन् ।

युद्धविराम आगामी १७ तारिकसम्मका लागि लागू हुने यमन सरकारले जनाएको छ । संयुत्त, राष्ट्रसंघका महासचिव वान की मुनले युद्धविरामको पालना गर्न सबै पक्षलाई आग्रह गर्दै पबित्र अवसरमा जनतालाई थप  सहायता प्रदान गर्न आब्हान गर्नुभयो । बिगत केही समययता जारी संर्घषका क्रममा त्यहाँं ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने लाखौ जनता त्यसको चपेटामा परेका छन् ।