Live Streaming

भारतीय र पाकिस्तानी प्रमबीच भेटगाट

 एजेन्सी,२५ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी प्रधानमन्त्री नवाज सरिफबीच  रसियामा द्धिपक्षिय भेटवार्ता भइरहेको छ । रसियामा शुक्रबारबाट  सुरु भएको सांघाई सहयोग संघको सम्मेलनको साइडलाईनमा उनीहरुबीच भेट भएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।

दक्षिण एसियाका दुई ठूला देशका प्रधानमन्त्रीहरुबीचको भेटवार्तालाई संयुक्त राज्य अमेरिकाले महत्वपुर्ण भएको भन्दै यी दुई देशबीचको द्धन्द कसैको हितमा नभएको बताएको छ ।यसअघि मोदी र सरिफबीच गत नोभेम्बरमा दक्षिण एशियाली सहयोग संगठन सार्कको काठमाडौ बैठकमा भेट भएको थियो ।

तर त्यति बेला दुई पक्षीक्षय बैठक भने हुन सकेको थिएन । पवित्र महिना रमाजानको पूर्वसन्ध्यामा यसअघि आध्यात्मिक मोदीले पाकिस्तानी प्रधानमन्त्री सरिफलाई फोन गरेर शान्तिपूर्ण सहकार्य र सम्बन्धमा जोड दिँदै भारतमा बन्दी जीवन बिताइरहेका माझीहरुलाई छाड्ने सन्देश दिएका थिए ।

दक्षिण एसियाका दुई ठूला छिमेकीबीचको यो भेटले दुई देशबीच  चिसिएको सम्वन्धमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।