Live Streaming

​पहिलो एकीकृत मस्यौदाबारे राय सुझाव आजबाट संकल हुँंदै

काठमाडौं,२५ असार । भावी संविधानको पहिलो एकीकृत मस्यौदामा जनताको रायसुझाव संकलनको काम आजबाट सुरु हुदैछ । १५ दिनको समय दिँंदै संविधानसभाले हिजो कार्ययोजना पारित गरेसँगै आजबाट टोली सम्बन्धित क्षेत्रमा खटिन लागेका हुन् ।

उच्च सुरक्षा व्यवस्था सहित पहिलो चरणमा संविधानसभा सचिवालयका कर्मचारीहरु ७५ वटै जिल्लाका २ सय ४० वटा निर्वाचन क्षेत्रमा खटिनेछन् । यद्यपी व्यवस्थापिका संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको तथा महिनाको अन्तिममा पेस्की खर्च विधेयक पारित गर्नुपर्ने भएपछि सभासद्हरु भने साउनको पहिलो सातामात्र सम्बन्धित क्षेत्रमा खटिनेछन् ।

आगामी साउन ४ र ५ गते प्रत्येक जिल्लामा मस्यौदामाथि सार्वजनीक सुनुवाई गर्ने कार्ययाजना बनाएको संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले साउन ७ गते संविधानसभामा आफ्नो प्रतिवेदन बुझाउनेछ । यसैबीच संविधानसभा सचिवालयले आज काठमाडौंमा अन्तरकृया गर्ने तयारी गरेको छ । जनताको रायसुझाव संकलनको थालनी काठमाडौंबाट गर्ने तयारी भएपनि समय भने तय भइनसकेको सचिवालयले जनाएको छ ।