Live Streaming

​श्रीमानद्धारा श्रीमतीको हत्या

बुटवल,२४ असार । शारीरिक सम्पर्क राख्न नदिएको भन्दै कपिलवस्तुमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । परम्परा अनुसार ढेड महिनाअघि विवाहबन्धनमा बाँधिएका पिपरा २ बुलाडिहवाका महताव आलमले पत्नी मेराजुन निसाको घाँटी थिचेर हत्या गरेका हुन् ।

शारीरिक सम्पर्क राख्न नदिएको भन्दै गत सोमबार महतावले श्रीमती मेराजुनको हत्या गरेपनि प्रहरीले बिहीबारमात्र सो रहस्य पत्ता लगाएको हो । प्रहरीसँगको वयानमा समेत महतावले घटना स्विकार गरेको प्रहरी उपरीक्षक बिक्रम गुरुङ्गले जानकारी दिनुभयो । यसअघि पनि उनीहरुबीच सोही विषयलाई लिएर बारम्बार झगडा हुने गरेको प्रहरीको भनाइछ ।