सँंगै विष खाएका आमा छोरीको मृत्यु
धनगढी,२४ असार । कञ्चनपुरमा तीनजना छोराछोरीसहित आफुले पनि विष सेवन गर्दा आमा र एक छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, दैजी गाविस वडा नंं–३ धर्मपुरकी २८ वर्षीया मीना बोगटी र उनकी पाँच वर्षीया छोरी जेनिसाको मृत्यु भएको हो ।
मीनाको महाकाली अञ्चल अस्पतामा गएराती र जेनिसाको भारतको खटीयामा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । छोरा नरेन्द्र र छोरी करुणाको चिन्ताजनक अवस्थामा भारतमै उपचार भइरहेको छ । दूध र खानामा विष हाली मीनाले तीनैजना छोरा छोरीलाई खुवाएपछि आफुले पनि खाएकी थिइन् ।
गम्भीर अवस्थामा स्थानियबासीले उनीहरुलाई अस्पताल पु¥याए पनि आमा र एक छोरीको उपचारकै क्रममा मृत्यु भएको हो । विषादी सेवन गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले सामूहिक आत्महत्याको प्रयासको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । मृतकका श्रीमान भने कामको सिलसिलामा भारतमा छन् ।