प्रेमस्थल बन्यो विश्राम गृह
धनगढी,२४ असार ।कैलालीको पर्यटकीय क्षेत्र भनेर चिकिएको चिसापानीमा ३६ लाख रुपैयाँको लागतमा निर्माण भएको पर्यटक विश्राम गृह प्रयोगबिहीन भएको छ । चिसापानी बजारदेखि उत्तरमा झण्डै आधा विगाहा क्षेत्रफलमा घेरबार गरी बनाइएको शौचालय र स्नानगृहसहितको पर्यटक विश्राम गृह र सूचना केन्द्रको भवन यतिबेला युवायुवतीको मायाप्रेम गर्ने स्थानका रुपमा परिणत भएको पाइन्छ ।
नेपाल सरकारले गठन गरेको चिसापानी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिको रकमबाट कर्णाली नदीको छेउमा आर्थिक वर्ष २०६९÷७० मा पर्यटक विश्राम गृह र सूचना केन्द्रको भवन बनाईएको हो । चिसापानी बजार ब्यवस्थापन समितिका पुर्व अध्यक्ष हर्कबहादुर रावलले सो स्थान अहिले घुम्न जाने युवा युवती र यौनकर्मीहरुको क्रिडास्थल मात्र भएको बताउनुभयो ।