रुपन्देहीमा डेंगु देखियो
बुटवल,२४ असार । रुपन्देहीमा फेरि डेंगुको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक केदारनाथ शाहका अनुसार पछिल्लो महिनामात्र एघार जना बिरामी उपचारपछि घर फर्किएका छन् । जसमध्ये सातजना बुटवल नगर क्षेत्रका मात्र छन् ।
बर्षाद भएपछि यो रोगले प्रकोपको रुप लिनसक्ने खतरा देखिएकाले यही असारको अन्तिमदेखि डेंगुजन्य लामखुट्टेको खोज र नष्ट गर्ने अभियान संचालन गर्ने तयारी भइरहेको साहले बताउनुभयो ।