संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुँंदै
काठमाडौं,२३ असार । सरकारले व्यबस्थापिका संसद बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संसदमा अहिले राष्ट्रपति रामवरण यादवले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । नीति तथा कार्यक्रममा भूकम्प पछिको पुनःनिर्माण कृषि, रोजगार र उर्जालाई प्राथिमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा भूकम्पले पू¥याएको भौतिक, आर्थिक र सामाजिक क्षतिलाई सम्बोधन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको छ । सरकारले निजी क्षेत्रलाइ आकर्षित गरी पूर्वाधार, कृषि र ऊर्जाको बिकासमा जोड दिने तथा सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
आगामी आर्थिक वर्षको नीतिमा आन्तरिक तथा बाह्य निजी लगानी आकर्षित गरी पूर्वाधारमा अधिकतम खर्च गर्न प्राथमिकता दिइने भएको छ । पुनर्निर्माण, लगानी तथा आर्थिक वृद्धिका कार्यक्रम, तराईमा विशेष कार्यक्रम, मानव विकास सूचकांकलाई माथि लैजाने सरकारको कार्यक्रममा उल्लेख छ । नीतिमा ऐनकानुनमा परिमार्जन गरी आर्थिक सुधारलाई प्राथमिकता दिइएको छ ।
सरकारको नीति तथा कार्यक्रममा निजगढको दोस्रो अन्तर्रा्ष्ट्रिय बिमानस्थल र पोखरामा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय बिमानस्थल निर्माण र काठमाडौं तराई द्रुत मार्ग निर्माणलाई जोड दिइएको छ । सार्वजनिक खर्चको प्रभावकारिता बढाउन बाधक भएका आवश्यक ऐननियम परिमार्जन गर्ने, अनावश्यक खर्च कटौती, सरकार र निजी क्षेत्रको सहकार्य प्राथमिकतामा हुनेछन । सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, आन्तरिक ऋण लिँदा निजी लगानीमा असर नपर्ने विधि र प्रक्रिया सरकारले अपनाउने भएको छ ।
नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि सरकारले यसैलाई आधार बनाएर आउँदो ३० गते सम्म आर्थिक वर्ष २०७२÷०७३ का लागि बजेट प्रस्तुत गर्ने छ ।