Live Streaming

​अब संविधान छिट्टै जारी हुन्छ: भट्राई

काठमाडौं,२३ असार । एकिकृत माओवादी नेता बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक संविधान छिट्टै जारी हुने दावी गर्नु भएको छ । गोरखामा आज आयोजित कार्यक्रलममा नेता भट्राईले संविधानको एकीकृत मस्यौदा जनतामाझ लगिएकोले  साउनभित्रै नयाँ संविधान जारी हुने बताउनुभयो ।

राय सुझावका लागी जनताको माझमा लगिएको मस्र्याैदा पढेर आफ्ना हक अधिकार छुटेका भए सुझाव दिन आग्रह गर्नुभयो । फरक प्रशंगमा भट्टराईले पार्टी नेतृत्व लामो समय एउटै व्यक्तिबाट चलेको भन्दै परिवर्तन गर्ने बेला आएको बताउनुभयो । एउटै व्यक्ति आजीवन नेतृत्वमा बसिरहन नहुने भन्दै भट्राईले  नेतृत्व परिवर्तनको माग गर्नुभयो