Live Streaming

अमेरिकाले सैनिक कटौती गर्ने

एजेन्सी,२३ असार । अमेरिकाले आगामी २ वर्षभित्र आफ्ना ४० हजार सैनिक कटौती गर्ने भएको छ  । देशको खर्च कटौतीका लागि उसले १७ हजार अर्ध सैनिकहरुलाई पनि कटौती गर्ने जनाएको छ ।

इराक र अफगानिस्तानमा तैनाथ सैनिकसहित ५ लाख ७० हजार सैनिक रहेको अमेरिकाले सन् २०१७ भित्र ती सैनिक कटौती गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वैदेशिक युद्धमा रहेका केही राष्ट्रबाहेकका सैनिकहरुलाई स्वदेश फर्काउने बताउँंदै अमेरिकाले सैनिकको आकार घटाएर ५ लाखको हाराहारीमा झार्ने योजना बनाएको हो ।