बम विष्फोटमा कम्तीमा २ सय जना मारिए
एजेन्सी,२३ असार । यमनको राजधानी सानामा भएको दुईवटा कार बम विष्फोटमा परि कम्तीमा २ सयजना मारिएका छन् । ईस्लामिक स्टेटविरुद्ध सेनाले हवाई कारवाही गरिरहेको बेला सो आक्रमण भएको अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
साउदी अरेविया नेतृत्वको सेनाले ईस्लामिक स्टेट बिरुद्ध कारवाही गरेपछि आईएसले पनि सिरियाको राजधानीलगायत मुख्य प्रशासनिक ईलाकामै आक्रमण तिव्र पारेको हो ।