जंगल प्रवेशमा रोक
काठमाडौं,२३ असार। विश्वमै लोपोन्मुख रेडपाण्डा (हाब्रे) लगायतका जनावरको प्रजनन् समय भएको भन्दै लाङटाङ निकुञ्ज क्षेत्रका स्थानीयले जंगल प्रवेशमा रोक लगाएका छन् । स्थानीय चोरी शिकारी नियन्त्रण समुह स्याफ्रुको जंगली क्षेत्रमा घाँस दाउरा काट्नदेखि जंगल नजान सबैलाई आग्रह गरिएको जनाएको छ ।
केही वर्ष अघिदेखि स्थानीयको प्रयासमा अभियानमा बच्चा कोरल्ने अवधिभर जंगल जान प्रतिबन्ध लगाइएको थियो । रेडपान्डाको प्रजनन् अवधी एकदमै संवेदनशील हुने भएकाले भदौसम्म जंगलमा मानवीय चहलपहल बन्द गरिएको स्थानीय चोरी शिकारी नियन्त्रण समुहले जनाएको छ ।
हामीले जंगलमा मानवीय चहलपहल बन्द गर्नु अघि एक पटक रेडपान्डाको कोर क्षेत्रको अनुगमनपछि स्थानीयबासीलाई जंगल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेका नादाङजे चोरी शिकारी नियन्त्रण समुहका अध्यक्ष न्वाङ फिन्जो तामाङले बताउनुभयो ।