प्रधानन्याधिश कल्याण श्रेष्ठद्धारा सपथ ग्रहण
काठमाडौं,२३ असार । नवनियुक्त प्रधानन्याधिश ल्याण श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । बिहान शितल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामबरण यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक निकायका प्रमुख तथा सरकारी उच्च अधिकारीहरु सहभागी रहनुभएको थियो । संवैधानिक परिषदको सिफारिसमा श्रेष्ठलाई राष्ट्रपति यादवले आजै बिहान प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।
श्रेष्ठले अहिले केहिबेरमा आफ्नो कार्यभार सम्हाल्नुहुनेछ । यसअघिका प्रधानन्याधिस रामकुमार प्रसाद साह ६५ वर्षीय उमेर हदका कारण हिजोबाट सेवानिवृत भएपछि आजबाट श्रेष्ठ नयाँ प्रधानन्याधिश हुनुभएको हो ।