Live Streaming

​स्वस्थ रहन कागती सेवन गरौं

काठमाडौं,२२ असार । कागती बहुगुणी फल हो । यो हाम्रो खेतबारी तथा भान्सामा सजिलै पाउन सकिन्छ । यसमा प्रशस्त मात्रमा भिटामीन सी रहेको हुन्छ । भिटामनी सीको प्रयोगले मुखभित्र आउने सानो सानो घाउ, छाला चिलाउने, घामले डढेको छालालाई निको पार्छ । यसको नियमित सेवनबाट कतिपय छालाजन्य रोग निको हुनजान्छ । 


बिहान उठ्ने वित्तिकै मन तातो पानीमा कागतीको रस मिलाएर खाँंदा कब्जीयतबाट छुटकरा पाउन सकिन्छ । युरिक एसिडले घुँंडा दुखेको छ भने कागतीको प्रयोग गर्दा दुखाइ कम हुनगइ विरामीले आराम महशुस गर्छ । नियमित कागती सेवनबाट छाला चाउरीनबाट जोगाउन सकिन्छ । यतिमात्र नभएर कागतीको सेवनबाट आँंखामा लाग्ने कतिपय रोगबाट पनि छुटकरा पाउन सकिन्छ । 
कागतीलाई अचारका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

 

कागतीको दानाको बाहिरी भाग हल्का हटाएर  शिशीमा राखेको पानीमा लामो समय डुबाएर राख्दा पछि यसलाई अचारको रुपमा खान सकिन्छ । मासको दाल,आलुको अचार, कालो चिया, मह, तातो पानीमा कागतीको रस मिसाएर सेवन गर्न सकिन्छ । मोटो शरीर भएका व्यक्तिहरुले बिहान उठ्ने वित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस मिसाएर खाँंदा बोसो घट्न गइ व्यक्ति स्वस्थ र स्लिम हुनजान्छ ।

कपालमा चायाँं परेमा मेहेन्दीको लेपमा कागतीको रस मिसाएर बनाएको मिश्रण कपालमा लगाउँंदा चायाँं हटेर जान्छ । कागतीको प्रयोगबाट कपाल लामो र कालो बनाउन सकिन्छ ।