Live Streaming

​आइएसलाई हराएरै छाड्ने ओबामाको दावी

एजेन्सी,२२ असार । अमेरिकाले सिरियामा सैन्य गतिबिधि बढाउने तयारी गरेको छ । पछिल्लो समय सिरियामा स्लामिक स्टेट आइएसको गतिबिधि बढ्दै गएको र त्यसलाई मथ्थर पार्नुपर्ने भन्दै उसले छलफल र परामर्शलाई तिब्रता दिएको छ ।

त्यसैको तयारी अनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा सैन्य अधिकारीहरुसँग परामर्श समेत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भेटका क्रममा ओबामा आफूहरुले इराक र सिरियाका मुस्लिम समुदायमाथि आक्रमण गर्न सैन्य दस्ता परिचालन गर्न नचाहेको भए पनि केही कमजोरीहरु भने भएको स्वीकार गर्नुभएको थियो ।

उहाँले विगतमा भएका रणनीतिक कमजोरीहरुलाई सच्याउँदै नयाँ योजनाका साथ अघि बढ्ने र त्यसले सिरियालाई थप सहयोग पुग्ने बताउनुभएको थियो । अमेरिकी प्रशासनिक भवन पेन्टागनमा बोल्दै ओबामाले अमेरिकाले कारवाहीका लागि थप सेना नपठाउने तर सिरीयाको सहयोगी प्रतिपक्षिलाई सहयोग बढाउने बताउनुभयो । ओबामाले आइएसआईलाई हराउन स्थानियस्तरमा विश्वासिलो सहयोगीहरुको आवश्यक परेको पनि बताउनुभएको थियो ।