Live Streaming

​शौचालयको पैसा प्रधानाध्यापकले खायो

पर्सा,२२ असार । पर्साको जगरनाथपुर गाविस वडा नम्बर ५ सुभपुर सोहरीमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा शौचालय तथा भवन बनाउनका लागि निकासा भएको रकम
प्रधानाध्यापक ध्रुव्रनारायण यादवले हिनामिना गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

जिल्ला शिक्षा कार्यालयले २०६७ सालमै शौचालयका लागि दुई लाख र भवन निर्माणका लागि साढे सात लाख रुपैया निकासा गरेको भए पनि अहिलेसम्म शौचालय र नयाँ भवन दुवै बन्न सकेको छैन । जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम प्रधानाध्यापक यादवले आफनो व्याक्तिगत  काममा गरेको खर्च गरेर बजेट हिनामिना गरेको अभिभावकहरुले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय पर्साका ओभरसियर प्रहलाद साहले चारपटक लिखित रुपमै ताकेता गरेको भएपनि प्रधानाध्यापक यादवले अटेर गर्दै आएको बताउनु भयो  । जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले भने बजेट हिनामिना गर्ने प्रधानाध्यापक यादव विरुद्ध कारवाहीको प्रकृया अगाडि बढाउने तयारी गरिरहेको बताउनुभयो ।