Live Streaming

समुदाय नै जुरमुरायो मौलिक संस्कृती बचाउन

श्रीराम केसी

काभ्रे,२२ असार । बढ्दै गइरहेको प्रविधी र आधुनिकीकरणबाट पुर्खेउली संस्कृती र परम्परा लोभ हुँंदै गएपछि जिल्लाका पनौती बनेपा,धुलिखेलका नेवारी समुदायहरु आफ्नो कला,संस्कृती जोगाउने अभियानमा लागेका छन् । परम्परादेखि चल्दै आएको कला संस्कृतीप्रति युवापुस्ताको चासो घट्दै जान थालेसंँंगै भएको संस्कृती लोप हुन नदिन युवाहरुलाई लक्षीत गर्दै  समुदायलेनै संस्कृती जोगाउ अभियान थालेका हुन् ।


‘प्रविधीको विकाससँंगै मौलिक परम्परालाई युवा पुस्ताहरुले भुल्दै छाडेर परसंस्कृतीप्रति आकर्ष हँुंदै गएकाले संस्कृती बचाउनका लागि समुदायका सबै मिलेर अभियानै थालेका हौ ।’ श्रीखण्डपुर संस्कृती संरक्षण समिती धुलिखेलका कार्यवाहक अध्यक्ष हरिगोपाल प्रधानाङ्गले भने ‘कला संस्कृतीप्रति युवा पुस्ताहरुको घट्दै गएकाले लोप हुन लागेका चाडपर्व,जात्रा,भेषभुषा, मठ मन्दिरलाई जोगाई राख्न समितीले काम गर्दै आएका छौ ।’ समितीले लोप हुन लागेका चाडपर्व, विवाह, ब्रतबन्ध, भिमरथारोहण र बिशेष पुजा–आजाहरूमा युवाहरुलाई समेट्दै सामुहीक रुपमा पर्व  मनाउन थालेका छन् ।


जात्रामा प्रत्येक घरधुरी संग रकम संकलन गरि सामुहीक रुपमा चाडपर्व जात्रा मनाउदै आएका छन् । स्थानीय पूर्णबहादुर कर्मचार्यले  भने समितीले संस्कृती जोगाउन भन्दै अक्ष्य कोषको समेत स्थापना गरेका छौ । उनले भने  ‘कोर्षमा जम्मा भएको रकमले समय समयमा लोप हुन लागको संस्कृतीको जर्गेना गर्नका सामुहि रुपमा  नेवारी नाच, घिमे बाजा, योमारी पुर्णिमा भिमसेन पुजा, विस्केट जात्रा गर्र्दै आएको बताए ।‘आर्थिक अभावकै कारण कतिपय स्थानहरुमा हाम्रो संस्कृती हराउदै गएका छन ।’ आधुनिकीकरण र पच्चिमीकरणका नाममा गाउ घरमा चल्दै आएको संस्कृती लोप नहोस् भन्दै समितीलाई नगद सहयोग गरेको काठमाडौ निवासी  दिल बहादुर श्रेष्ठले बताए । श्रेष्ठले संस्कृती उत्थानका लागि नगद ५१ हजार रुपैयाँं समितीलाई सहयोग  गरेका थिए ।


जात्रा, शुभकार्य  विवाह, ब्रतबन्ध, भिमरथारोहण र बिशेष पुजा आजामा नेवारी नाच, नेवारी पोसाक, धिमे बाजा बजाउने मान्छे समेत पाउन मुस्कील भएसंगै संस्कृती संरक्षण अभियान थालको  ईतिहासविद ज्ञानकाजी मानन्धर बताउछन् ।नेवारहरूको बाहुल्य रहेको काभ्रे जिल्लाको सात गाउँ बनेपा, पनौती, साँगा, नाला, श्रीखण्डपुर, धुलिखेल र दाप्चा लगाएतका क्षेत्रहरुमा  परम्परागत बाँजाको महत्व भएपनि विस्तारविस्तारै बाँजा संस्कृति लोप हुँदै गए पछि यसको संरक्षण गर्न भन्दै संस्कृति संरक्षण समिति गठन गरी संस्कृति जर्गेना गर्ने अभियानमा लागेका छन्  । नेवार समुदायको जात्रा र  शुभकार्य  विवाह, ब्रतबन्ध, भिमरथारोहण र विशेष पुजा–आजाहरूमा प्रयोग गर्ने धिमेबाजा अहिले लोप हुँदै गएको भन्दै संरक्षणमा युवाहरु लाग्न थालेका छन् ।