Live Streaming

​स्वयमसेवक आज सम्मानित हुने

काठमाडौं,२२ असार । नेकपा एमालेले भुकम्प प्रचावित क्षेत्रमा परिचालित अनेरास्ववियुका स्वयमसेवकहरुलाई आज सम्मान गर्दैछ । मध्यान्ह १२ बजे प्रज्ञाभवन कमलादीमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले स्वयमसेवक अभियान अन्तर्गत भुकम्प पीडितको सहयोगका लागि खटिएका अनेरास्ववियु कार्यकर्तालाई प्रशंशापत्रसहित सम्मान गर्ने अनेरास्ववीयु प्रबक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।

अनेरास्ववियुसहित विभिन्न भातृ संगठनका स्वयंसेवकहरूले २६ वटा जिल्लामा सञ्चालित अभियानमा २७ हजार २ सय ७१ वटा अस्थायी घर निर्माण गरेका थिए ।  एमालेले जेठ १० गतेबाट औपचारिक रूपमा १  महिने स्वयंसेवक अभियान सञ्चालन गरेको थियो ।